काठमाडौँ – मंसिर ४ गते हुन गइरहेको आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवार बनेकी मधु कार्कीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी छन् । एक स्वावलम्बी आत्मनिर्भर साथै साहसी महिला र आफ्नो परिचय शब्दमा लेख्नुभन्दा पनि कर्ममा देखाउन चाहने छवि बनाएकी कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो वाचा सार्वजनिक गरेकी हुन् ।
प्रतिबद्धतामार्फत कार्कीले आफूलाई देशको अस्तव्यस्तता तथा विश्व समक्ष लाजमर्दो नजिर देखिरहेको राजनीतिको व्यवस्थाले बाध्यतात्मक अवस्थाले जन्माएको नेतृ तथा राजनीतिज्ञका साथै विकासका गलत अनि अवैज्ञानिक अभ्यास तथा मुलुकमा देखिएको मौलाउँदै गएको छाडातन्त्रलाई अति प्रजातान्त्रिक लगाम कस्दै विकास समद्धि तथा राष्ट्रियताको गला रेट्ने प्रवृतिका परम्परागत अभ्यासलाई फराकिलो कुटनीतिक आकाशबाट कहिले उठ्न नसक्ने गरि ढाँड भाँच्न सक्ने एक राष्ट्रिय लडाकुको परिचय समेत दिन खोजेकी छन् ।
चेक रिपब्लिकको सुन्दर राजधानी प्राग शहरमा नेपालको उत्पादन, कला, संस्कृति तथा स्वादलाई विश्वबजार तथा विश्व समुदाय बिच पस्कनका लागि नेपाल हाउस तथा अन्तर्राष्ट्रिय फ्रेण्डसिप सोसाईटीको स्थापना गरी युरोपमा नेपाली व्यवसायीको रूपमा समेत स्थापित भईसकेकी युरोपको बसाइमा विश्वका धेरै मुलुकमा भ्रमण तथा पारिवारिक वातावरणका कारण विश्वका महत्वपूर्ण डिप्लोम्याट, विश्व राजनीतिज्ञ, चेम्बर अफ कमर्स, विश्व जर्नालिज्म एशोसियसन तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग अत्यन्तै निकट तथा सुमधुर सम्बन्धले राष्ट्रका लागि फराकिलो कुटनीतिक आकाशका लागि एक बलियो पुलको भूमिका निभाउन सक्ने सक्षम आधार समेत बनाइसकेकी कार्की टेलिभिजन चुनाव चिह्न लिएर काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनावी मैदानमा छन् ।
कार्कीले जनतामाझ कार्यान्वयन गर्न नसक्ने, जनतालाई झुक्याउँदै भ्रम बाड्ने शब्दका एजेण्डा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यमबाट विश्वस्त हुँदै कार्यान्वयन हुन सक्ने जनताका वर्तमान समस्या र आवश्यकतालाई समाधान गर्न सक्ने आफ्नो मनभित्रको आत्मविश्वासी एजेन्डाको प्रतिबद्धता व्यक्त गरेकी छन् । कार्कीले वर्तमान समस्या र आवश्यकता, मेरो पञ्चतत्व प्रतिवद्धता नारा दिएर गरेका आफ्नो प्रमुख पाँच प्रतिबद्धता यस्ता छन्ः–
१) जनताले भोगिरहेका प्राथमिक समस्याका साथै आवश्यकता समाधान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ तथा श्रोतका माध्यमबाट इतिहास, वर्तमान अध्यात्मको साथै नेपाली मनको सुन्दर संयोजनमा दिर्घकालिन विकासको योजना सहितको ३डी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यमबाट अनुदान भित्र्याई समस्या समाधान गर्दै विकासका योजनालाई मूर्तरूप दिनेछु ।
२) मेरो क्षेत्रको भान्सा आत्मनिर्भर बनाउन प्रमुख ५ उत्पादन चामल, तेल, मसला, दाल र तरकारी मेरै क्षेत्रमा उत्पादन प्रशोधन गर्दै आवश्यक कच्चा पदार्थ, तराईको जिल्ला तथा आवश्यकता अनुसार विदेशबाट पनि आयात गरी जनताका लागि खाद्य सामाग्री बाँच्न सक्ने मुल्यमा उपलब्ध गराउँदै क्रमशः मेरो क्षेत्रमा बाह्य खाद्य सामग्री भारतले हैन, मेरो क्षेत्र तर्फ बाट नै नाकाबन्दी गर्दै ५ बर्ष भित्र उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशी तथा विदेशी लगानीकर्ता भित्रयाउने छु ।
३) मेरो क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीमा नेपालकै नमुना सरकारी अस्पताल बनाउने छु । यस क्षेत्रका विद्यालयहरूलाई बालमैत्री तथा वैज्ञानिक प्रविधियुक्त पठनपाठन गराई सरकारी विद्यालयहरूलाई नेपालकै नमुना बनाउने छु ।
४) जेष्ठ नागरिकहरूका लागि सुरक्षीत, सम्मानित, रमणीय तथा आध्यात्मिक वातावरण दिनेछु, यूवाहरूलाई स्वरोजगार यस क्षेत्रमा मात्रै नभई इकोनोमिकल माइग्रेसन कार्यक्रम अर्न्तगत ९द्यभ थ्यगच इधल द्ययकक० अवधारणामा युवाहरूलाई विश्व न्यवसायसँग जोड्दै नेपालको उत्पादन विश्व बजार तथा विश्व समुदायसँग जोड्न यूवाहरूलाई बलियो आधार र बजार दिर्दै नेपाली युवाहरूलाई पनि विश्व आकाश सहज बनाउन कुटनैतिक भुमिका खेल्नेछु ।
५) राजनीतिमा इमान्दारिताको उदाहरण बन्दै इतिहास। अध्यात्म तथा बर्तमानको सुन्दर संयोजनको विकासको घम् लाई मूर्तरूप दिनका लागि राष्ट्रलाई विश्वसँग जोड्ने बलियो पुलको भूमिका इमान्दारिताका साथ निभाउँदै अस्तब्यस्त देखिएका विद्युतका तार, फोहोर मैलाका दिर्घकालीन व्यवस्थापन, जनतामुखी एवम् प्रविधिमैत्री राज्य प्रणालीका लागि राज्यका जिम्मेबार निकायहरूलाई न्यायीक लगामका साथ म्याजिकल विकासको नमुना क्षेत्र बनाई राष्ट्रका लागि एक पाइलट प्रोजेक्ट दिनेछ ।
यस्तै उम्मेदवार कार्कीले प्यारो देश नेपाललाई माया गर्नुहुने सबै मतदाता सबैले अगाध स्नेह सहित आफू माथि अपार विश्वास गरी यस क्षेत्रको जिम्मेवार जनप्रतिनिधिको रूपमा स्वीकार गरेर आफूलाई अमूल्य मत दिनका लागि आफ्ना वाचाहरु समेत संक्षेपमा प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छन् ।
यस्ता छन् कार्कीका वाचाहरूः–
१) काठमाडौ क्षेत्र नं ९ को योजनाबद्ध (पाइलट प्रोजेक्ट सहितको) विकास गर्ने,
२) सबैखाले बेथिति, विकृति र विसंगतिको भन्डाफोर गर्दै संसदमा जनताका आवाज बुलन्द गर्न
३) जनताका प्राथमिक समस्या तथा आवश्यक्ता समाधानका लागि,
४) अस्तब्यस्त र लथालिङ्ग भएका देखिएका अवैज्ञानिक, अदुर्दशी विकासका संरचना वैज्ञानिक रूपमा पुनः ब्यवस्थापन गर्न
५) अध्यात्मलाई समृद्धिको मेरुदण्ड बनाउँदै प्रकृति तथा आध्यात्मिकतालाई विश्वब्यापी गौरवको तरङ्ग ल्याउन सक्ने उत्कृष्ट गन्तब्य बनाउन
६) दीगो आर्थिक विकाश तथा आत्मनिर्भरताको बलियो आधार सृजना गरि युवा स्वरोजगारको ग्यारेन्टी गर्न,
७) दीगो बिकाससँगै निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ तथा एकाइसौ शताब्दीको आधारभूत आवश्यकता पुरा गर्न दीर्घकालीन योजना निर्माण गर्न।
८) राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्दै प्रत्येक नेपाली नागरिकलाई आत्मनिर्भर र समृद्धशाली बनाउन,
९) नेपालको उत्पादनलाई विश्वबजारमा बलियो आकाश निर्माण गर्न
१०) महिलामैत्री योजनाको निर्माण गरि आत्मनिर्भर तथा स्वनिर्भर बनाउँदै राष्ट्रिय समृद्धिमा टेवा दिन सक्ने स्वाभलम्बी महिला तयार गर्ने,
११) परम्परागत कृषिका अभ्यासको ऐतिहासिकतालाई संरक्षण गर्दै उत्कृष्ट वैज्ञानिक प्रविधिको यथोचित परिचालन गर्न।
१२) विश्वको सर्वोच्च म्याजिकल प्राकृतिलाई विश्वसमुदायको मन छुने सबै तहका चाहना समेट्न सक्ने डाइनामिक टुरिजम प्याकेजको नीति कार्यान्वयन गर्न,
१३) वास्तविक युवाहरुको प्रतिनिधित्व गर्दै प्रजातान्त्रिक आचरण र नैतिक मूल्यको राजनीतिक चरित्र प्रदर्शन गर्न
१४) भ्रष्टाचारीको मुटुमा ढ्याङग्रो ठोक्न र पुरानो नेतृत्वको अपुर्णतालाई पुर्णता दिन
१५) आम जनतालाई परिवर्तनको अनुभूति दिलाउन र पार्टीगत दासमनोवृतिको अन्त्य गरि स्वतन्त्रताको उपयोग गर्न,


प्रतिक्रिया दिनुहोस्