प्रधानमन्त्री देउवाले डडेल्धुरामा आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa
प्रधानमन्त्री शेर बहादुर देउवा

काठमाडौं– आज आइतबार नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पश्चात काठमाडौँ फर्किँने भएका छन् ।
बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

गत बुधबार मात्र काठमाडौँ हुँदै धनगढी र बिहीबार डडेल्धुरा पुगेर देउवाले अमरगढी नगरपालिकास्थित बसपार्कको आमसभालाई सम्बोधन उनले गरेका थिए । त्यस्तै शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरे भने शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई देउबाले सम्बोधन गरेका थिए ।
देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट सातौँ पटक संघीय संसदका उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

Array