साफ यू-१५ महिला फुटबलः बंगलादेशमाथि नेपालको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोली बंगलादेशलाई शनिवार १(० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलमा वर्षा ओली नायक बन्दा नेपालले घरेलु टोलीलाई पराजित गर्दै ३ अंक जोडन सफल भयो । नेपालले अर्को खेल बुधबार भुटानसँग खेल्नेछ भने अन्तिम खेल आउने शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
सिमरन राईको लामो फ्रिकिकमा पेनाल्टी बक्सभित्रबाट वर्षाले गोल गर्न सफल भएकि हुन् । वर्षा ओलीको चार गोल मद्दतमा नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले पराजित गरेको थियो । तीन टिम सहभागी प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्