नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार कठपुतली सरकार भएको बताएका छन् । ओलीले भने, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली सरकार । अहिलेको सरकार भिजनलेस, मिसनलेस र प्रोग्रामलेस सरकार हो, स्वार्थहरूले बनेको, स्वाभिमान नभएको कठपुतली सरकार हो ।’
आज आयोजित प्रवासी नेपाली मञ्चको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन स्वार्थको गठजोड भएको समेत दाबी गरे । ओलीले भने मन र मस्तिस्कबाट देशभक्ति हटेपछि यस्तो प्रकारको सरकार बन्छ ।
ओलीले सत्तारुढ गठबन्धन अदृश्य शक्तिको भरमा चलेको समेत आरोप लगाए । ओलीले मंसिर ४ मा सवल राष्ट्रिय शक्ति कि स्वार्थहरुको गठजोड भन्नेमा निर्णय गर्नुपर्ने समेत बताए । ओलीले एमाले एकतिर अर्कोतिर सय भाइ कौरव रहेको समेत वताए ।
ओलीले प्रचण्डले हालै दिएको एक अन्तर्वार्तालाई लक्षित गर्दै प्रहार गरे । उनले प्रचण्डलाई राजनीतिक विचौलियाको आरोप लगाए । साथै राजनीतिक विचौलिया प्रचण्डसँग सहकार्य नहुने समेत बताए ।
ओलीले सत्ता गठबन्धनले देशलाई कंगाल बनाएको आरोप समेत लगाए । ओलीले अहिलेको सरकारले बिना योजना आफ्ना मान्छेहरुलाई पैसा बाँडेको समेत आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्