ब्याज वृद्धिविरुद्ध व्यावसायिले गरे आन्दोलनको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa
intrest

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । महासंघले बैंक तथा वित्तीय संस्थाले व्यावसायिक ऋणको ब्याज चर्को भएको भन्दै कम गराउन पहिलो चरणको ४ दिने आन्दोलनको घोषणा गरेको जानकारी दिएका छन् । कात्तिक २२ देखि २८ सम्मका ४ दिन आन्दोलनमा उत्रने निर्णय गरेको हो।
महासंघ प्रदेश १ ले आन्दोलनका कार्यक्रमसहितको पत्र सबै जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यलाई पठाइसकेको जानकारी महासंघको प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले दिए।
जसअनुसार प्रदेशभरिका ३७ वटै जिल्ला–नगर उद्योग वाणिज्य संघ र १४ वटा वस्तुगत संघले कात्तिक २२ गते बिहान ११ बजे आ–आफ्ना जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला वा नगरस्थित बैंक तथा वित्तीय संस्थामा ज्ञापनपत्र दिने कार्यक्रम रहेको छ ।
त्यस्तै कात्तिक २३ गते जिल्ला(नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघमा आबद्ध व्यवसायीले बैंकसँग कुनै पनि कारोबार नगरी नजिकको बैंकमा २ घण्टा प्लेकार्डसहित मौन जुलुस प्रदर्शन रहेको छ ।
कात्तिक २५ गते बिहान १० बजे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयमा भेला भई प्रदेश नं. १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयअगाडि प्लेकार्डसहित धर्ना दिने तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array