समयमै पुस्तक छाप्न नसक्ने जनक शिक्षाले मतपत्र भने समयभन्दा दुई दिन पहिलेनै छापिसक्यो

जनक शिक्षाले निर्वाचन प्रयोजनका लागि ८ करोड २५ लाख मतपत्र छापेको छ । जसमा ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र मतदानको लागि र  २२ लाख नमूना मतपत्र रहेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छप्ने काम सम्पन्न भएको छ । मतपत्र छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छाप्ने काम सकाएको हो । समयमै पुस्तक छाप्न कहिलै नसक्ने जनक शिक्षाले निर्वाचनका मतपत्र भने समयभन्दा दुई दिन पहिलेनै छापिसकेको छ ।

जनक शिक्षाले निर्वाचन प्रयोजनका लागि ८ करोड २५ लाख मतपत्र छापेको छ । जसमा ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र मतदानको लागि र  २२ लाख नमूना मतपत्र रहेको छ ।

- Advertisement -
Ad imageAd image

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको छ।

अव छिटै मतपत्र ढुवानी गरिने निर्वाचन आयोगले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्