चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन । काठमाडौँ महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीबिरुद्ध आन्दोलनमा उत्रिरहेका छन् ।
मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरिरहेको छ । सो क्रममा उनीहरूले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’,‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाका छन् । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेका छन ।
अस्पताल प्रशासनले भने कुनै पनि विषयमा चासो नदेखाएको संघर्ष समितिले जानकारी दिएको छ । आज पनि अस्पतालले पीडितका मागहरू सम्बोधन नगरेमा आइतबार प्रधानमन्त्री सरकारी निवास बालुवाटार घेराउ गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: