भोट बदर कम गर्न नमुना मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa
partinidhi

जाजरकोट – मतपत्र रद्ध कम गर्नका लागि जाजरकोटका सबै पालिकामा नमुना मतदान गरिएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमुना मतदान गरिएको जानकारी दिएको छ । भोट बदर हुने सङ्ख्या कम गर्न सर्वसाधारणलाई सहभागी गराएर नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ । सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा नमुना मतदान गरिएको हो ।
त्यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मङ्सिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array