सन्दीप लामिछानेलाई सुन्धारा कारागारमा राखिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएका क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारा (जगन्नाथ देवल) स्थित केन्द्रीय कारागारमा राखिने भएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गएको भदौ २१ गते सन्दीपविरुद्ध नाबालिगले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहरी दिएकी थिइन् ।

- Advertisement -
Ad imageAd image

नाबालिगले क्रिकेटर सन्दीपले आफूलाई सिनामंगलस्थित ‘होटल काठमाडौं इन’ मा पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्