बैंक अफ इंग्ल्याण्डद्वारा ब्याजदरमा तीन दशक यताकै उच्च वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – बैंक अफ इंग्ल्याण्डले बिहीबार ब्याजको आधार दर वृद्धि गरेको छ । सो बैंकले आधार दर ०.७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ ।

यो पछिल्लो तीन दशक यताकै उच्च वृद्धि हो । बैंक अफ इंग्ल्याण्डले ब्याजदरमा भएको बढोत्तरीका विषयमा बोल्दै बेलायत पहिलेदेखि नै आर्थिक मन्दीमा रहेको र अब लामो समयसम्म रहने संभावना भएको बताएको छ ।

- Advertisement -
Ad imageAd image

केन्द्रिय बैंकले आउँदो वर्षमा उच्च मुद्रास्फिती र बेरोजगारीदरका साथै लामो समयसम्म बेलायतको अर्थतन्त्र संकुचित हुने चेतावनी समेत दिएको छ । बैंकका अनुसार बेलायतको इतिहासमा पहिलो पटक निरन्तर आठ त्रैमासमा जीडीपीमा गिरावट देखिएको छ । यद्यपी यसको असर २००८ देखि २००९ सम्म र १९८० को दशकमा देखिएको मन्दी भन्दा कम रहेको बैंक अफ इंग्ल्याण्डले बताएको छ ।

युक्रेनमाथि रुसले गरेको आक्रमण र हालैमा पुर्वप्रधानमन्त्री लिज ट्रसको विनाशकारी आर्थिक नीतिपछि बढ्दो मुद्रास्फितीलाई नियन्त्रण गर्न बेलायतको केन्द्रिय बैंकले यस्तो निर्णय गरेको हो । बैंक अफ इंग्ल्याण्डको प्रमुख ब्याजदरअहिले ०.७५ प्रतिशतले बढेर ३ प्रतिशत पुगेको छ ।

सोहि क्रममा बैंक अफ इंग्ल्याण्डले निरन्तर आठौं पटक ब्याजदर बढाएको घोषणा गरेको छ । यसले बेलायतमा मुद्रास्फितीको संकट निकै ठुलो रहेको र केन्द्रिय बैंक तथा सरकारको सबै प्रयासका बाबजुद पनि जनताले मुद्रास्फितीबाट राहत नपाएको देखिन्छ । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनककालागि अब सबैभन्दा ठुलो चुनौती यहिँ रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्