गोरखकाली रबर उद्योगलाई नयाँ रूपमा अघि बढाउछौँ: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखकाली रबर उद्योगलाई रोजगारी र समृद्धिका लागि नयाँ रूपमा अघि बढाइने बताएका छन् । शुक्रबार गोरखामा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।

उनले आफू विकास र समृद्धिको सपना बोकेर गोरखा आएको बताए । गोरखकाली रबर उद्योगलाई रोजगारी र समृद्धिका लागि नयाँ रूपमा अघि बढाइने बताए । उनले सडक निर्माणको प्रतिबद्धता पनि जनाए ।

- Advertisement -
Ad imageAd image

प्रचण्ड आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । उनले आफूलाई अत्यधिक मतले जिताउन आग्रह गरे ।

“गोरखाको जित संसारले पनि देख्नुपर्छ । यहाँको निर्वाचनमा हामीले राम्रोसँग एक ढिक्का भएर मतदान गर्‍यौँ भने त्यसले शक्ति प्रदान गर्नेछ,” उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्