चुनाव बहिष्कारको घोषणा गर्ने समूह र पार्टीका नेता कार्यकर्तामाथि सुरक्षा निकायको निगरानी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाठौ–
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले चुनाव बहिष्कारू गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि सुरक्षा निकायले निगरानी तिब्ररुपमा बढाएको छ ।
निर्वाचन आयोगले पनि कतिपय समूहले निर्वाचन बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गर्न थालेपछि ूनिर्वाचन सुरक्षा रणनीति र योजनाू पुनरवलोकन गर्ने जानकारी दिएको छ ।
चुनाव बहिस्कार गर्नेहरुमा अधिकांश माओवादीबाट छुट्टिएर गएका सानाखाले वाम समूहहरू रहेका छन्। तिनीहरूले अहिलेको संसदीय व्यवस्थाप्रति नै ूअसहमतिू व्यक्त गर्दै निर्वाचनमा भाग नलिने बताएका छन्।
विप्लव समूह पनि भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीनवटा त्यस्ता साना वाम दलले वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कार गर्ने जनाएका थिए ।
त्यसबाहेक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतका समूहले पनि निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।

समूहले निर्वाचन बिथोल्ने खालका गतिविधि गर्ने सम्भावना बढेपछि त्यसलाई मध्यनजर गरेर सुरक्षा रणनीति परिवर्तन गरिने निर्वाचन आयोगले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका भनाइमा प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्नेलाई निगरानी गरिरहेको जानकारी दिए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्