काठमाडौँ – पर्यटन विभागले नोभेम्बरसम्म १३ सयजना भन्दा बढी विदेशी पर्यटकलाई हिमाल आरोहणका लागि स्वीकृति दिएको छ। विभागले सार्वजनिक गरेको नोभेम्बर २ तारिखसम्मको विवरण अनुसार विभिन्न अन्तर्राष्ट्रिय मुलुकका १३ सय ६० विदेशी पर्यटकलाई हिमाल आरोहणको अनुमति दिएको हो।
हिमाल आरोहणका लागि नेपाल आइरहेका ७७ वटा मुलुकमध्ये अमेरिकाबाटआउने पर्यटकको संख्या धेरै रहेका छन्। कुल १३ सय ६० मध्ये एक सय ३२ जना अमेरिकी हिमाल आरोहणका लागि नेपाल आएका विभागले तयार पारेको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकापछि फ्रान्सबाट आउने पर्यटकको संख्या धेरै छ। विभागका अनुसार फ्रान्सबाट एक सय १९ पर्यटक आएका छन्। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै हिमाल आरोहण गर्ने पर्यटकको संख्या उल्लेख्य वृद्धि हुँदै आएको विभागले जनाएको छ।
सिजनमा हिमालआरोहण गर्ने पर्यटकको माग वृद्धि भएसँगै हेलिकोप्टर उद्योग पूर्ण संचालनमा आइरहेको व्यवसायीले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्