काठमाडौँ – काठमाडौंको जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १५ मा गोकर्णेश्वर नगरपालिका–८ स्थित प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार साजेश विष्टको घर चोरी भएको थियो । विष्टको घरबाट १० लाख नगद र ७ तोला सुन चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको भएको छ ।
सो चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका २५ वर्षीय दीर्घ लामा, २४ वर्षीय बाबु तामाङ र २९ वर्षका जिमी लामा छन् ।


प्रतिक्रिया दिनुहोस्