बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले क्याटलान क्लबका लागि शनिवार अन्तिम खेल खेल्ने भएका छन् ।

उनले शनिबार घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि अन्तिम खेल खेल्दै बिदा हुने जनाएका छन् । पिकेको अन्तिम खेलमा बार्सिलोनाले ला लिगा अन्तर्गत अल्मेरियासँग खेल्नेछ ।

- Advertisement -
Ad imageAd image

पिकेले बार्सिलोना छाड्ने घोषणासँगै तत्काल लागु हुने गरी सन्यास घोषणा गरेका हुन् । उनले बिहीबार भावुक भिडियो पोष्ट गर्दै आफू सधैँ बार्सिलोनाको समर्थक हुने जनाएका छन् ।

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’ उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेका छन् ।

पिकेले बार्सिलोनासँगको सम्झौता तोड्दै तलब समेत छाड्ने भएका छन् । ३५ वर्षीय पिकेले सन् २०१८ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए भने क्लब फुटबललाई निरन्तरता दिएका थिए ।

बार्सिलोनाका लागि उनले ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, स्पानिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेका छन् ।

१८ वर्षे खेलाडी करियरमा उनले ३५ उपाधि जितेका छन् । पिकेले पछिल्लो डेढ दशक विश्वकप फुटबलमा सुपर स्टारका रुपमा रहेका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी दुवैसँग क्लब फुटबलमा खेलेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्