पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको विरोध र्‍यालीमै गोली प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। खानमाथि पूर्वी सहर लाहोरमा विरोध र्‍यालीका क्रममा गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोली प्रहारबाट अन्य थप चारजना घाइते भएको बताइएको छ । खानको गोडामा गोली लागेको बताइएको छ । उनका एक सहयोगीले खान खतरा मुक्त नरहेको बताएका छन् ।

चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भएका खानको हत्या प्रयास गरिएको बुझीएको ।

प्रतिक्रिया दिनुहोस्

Array