काठमाडौं – ‘मिसेस् नेपाल युनिभर्स–२०७९’ को खोजी सुरु भएको छ । विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।
आयोजक जिभा इन्कोरपरेटेडले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ । समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगिता आयोजना थालिएको आयोजकले जनाएको छ ।
युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगिलाई अन्तर्राष्ट्रिय मञ्ंचसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन दिन नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते अडिसन प्रक्रिया संचालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरुले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्