भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, निगमलाई १८ करोड नाफा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य भारतबाट फेरि बढेर आएको छ ।  इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार हवाई इन्धनमा ४.७७ रुपैयाँ प्रति लिटरले बढेर आएको छ । एलपी ग्याँसको मूल्य भने केही घटेर आएको छ ।

निगमलाई हाल डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ घाटा भइरहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी एलपी ग्याँसमा प्रतिसिलिन्डर २२८.८४ रुपैयाँ घाटा भइरहेको छ ।

पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ ।

निगमले बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array