दोलखा– आगामि मंसिर ४ गते हुने निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागि दोलखामा सत्ता गठबन्धनका युवा सङ्गठनहरुले संयुक्त अपील गरेका छन् । प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारले प्रचारप्रसारलाई तिब्र बनाइरहेको बेला गठबन्धनका युवाहरुको सङ्घठनले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण चुनाव प्रचारप्रसारको लागि युवा वर्गलाई अपिल गरेको छ । नेपाल तरुण दलका अध्यक्ष चित्र कुमार तमाङ, योङ कम्युनिष्ट लिग (वाइसिएल) का ईन्चार्ज छिरिङ थोकर तमाङ र युवा संघ नेपाल (समाजवादी) का अध्यक्ष रामहरि शिवाकाटीले हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका छन् । गठबन्धनबाट कोहि पनि साथीहरुलाई विचलीत नहुन, लोभ र प्रलोभनमा नपर्न उनीहरुले संयुक्त आवहन गरेको बताएका छन् ।
गठबन्धनमा केन्द्रको निर्णयलाई जिल्लाले अक्षरसं पालन गर्ने समाजावादीका अध्यक्ष शिवाकोटीले बताए ।
विगतका निर्वाचनलाई गैरराजनीतिक तरिकाले प्रभावित पार्ने काम भएकाले यस पटक त्यो हुन नदिन गठबन्धका युवाहरु चनाखो भएर तयारी अवस्थामा रहन उनीहरुले संयुक्त अपिल गरेका हुन् । उनीहरुले विज्ञप्ति मार्फत एमालले निवार्चनलाई प्रभावित पार्ने गतिविधि देखाउन थालेको पनि बताएका छन् । संविधान रक्षाको लागि बाम लोकतान्त्रिक गठबन्धनका युवाहरु एक जुट हुन पनि आवहान गरेका छन् । शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नका लागि युवाहरुले महत्वपुर्ण भुमिका निभाउनु पर्ने उनीहरुको भनाई रहेको छ ।
शान्तिपूर्ण निर्वाचनका लागि युवाहरु एकजुट हुन आवश्यक



प्रतिक्रिया दिनुहोस्