भक्तपुरमा मतदाता शिक्षा सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – भक्तपुर जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए। 

उनले आजैदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा दुई/दुई स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्न अभियान सुरु गरेको बताए । कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाइएको छ । 

- Advertisement -
Ad imageAd image
मतदाता शिक्षाका लागि कार्यालयले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा-वडामा परिचालन गरेको छ । मत चिन्हको वरिपरिको घेरामा नछोइकन मतदान गर्नेबारेमा शिक्षा दिने बताउँदै उनले अभियानमा खटिएका कुनै पनि स्वयंसेविकाले अभियानको फाइदा उठाएर कुनै दलको चुनाव चिन्हमा मतदान गर्न सिकाएको पाइएमा निर्वाचन आयोगले निर्देश गरेअनुसार कारवाही हुने जानकारी दिए । मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास रहेको उनले बताए ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्