जनसांस्कृतिक महासंघको बैतडी अध्यक्षमा पन्त चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेको जनवर्गीय संगठनका राष्ट्रिय जनसांस्कृतिक महासंघको बुधबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले गोविन्द पन्तको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ।

उपाध्यक्षमा लक्ष्मी नाथ र प्रविन टेलर, सचीवमा महेशराज पन्त, कोषाध्यक्षमा पावर्ती भूल चयन भएका छन्। सहसचिवमा कलावती लावड र सृष्टि ठगुन्ना चुनिए। अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको महासंघका केन्द्रीय सदस्य रामप्रसाद अवस्थीले बताए। अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित थिए।

- Advertisement -
Ad image

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यमबाट गर्नुपर्ने बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ बैतडीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको संगीतमार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन्।

कला भए पनि अवसर नपाएका मान्छेलाई समाजमा माथि उठाउन नसकेकै कारण उनीहरूको जीवनस्तर माथि नउठेको उनले बताए। भण्डारी बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्