रोमानियामा मेसिनमा च्यापिएर नेपाली युवकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका म्याग्दी रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।

- Advertisement -
Ad imageAd image

मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्