विप्लवको चुनाव विथोल्ने निर्णयपछि निर्वाचन आयोगका पदाधिकारी छलफलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले चुनाव विथोल्ने निर्णय गरेसँगै निर्वाचन आयोगका पदाधिकारी छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सुरक्षा निकायसँग गम्भीररुपमा छलफल भइरहेको बताए।

- Advertisement -
Ad image

बुधबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले भने, ‘यो विषयमा सुरक्षा निकायसँग गम्भीररुपमा छलफलमा जुटेका छौं । तदनानुसार सुरक्षा योजनाको पुनरावलोकन गर्छौं । निर्वाचनको सन्दर्भमा आम सहमति हुन्छ भन्ने लागेको थियो । मलाई लाग्छ यो निर्वाचन विथोल्ने गरी कुनै गतिविधि हुनेछैनन् । ’

विप्लव नेतृत्वको नेकपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्