अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको छ। मंगलबार उनको ह्युस्टनमा हत्या गरिएको हो। हिपहप समूह मिगोसका सदस्य समेत रहेका टेकअफ २८ वर्षका थिए।

मिगोस ग्रुप अमेरिकाको पछिल्लो पुस्तामाझ चर्चित सांगीतिक ब्याण्ड हो।उनको हत्याको शोकमा विश्वभरका कलाकारले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि श्रद्धाञ्जलि लेखिरहेका छन्। उनको मंगलबार बिहान हत्या भएको स्थानीय प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

उनको वास्तविक नाम किर्सिनिक खरी बल हो। बाटो हिँड्ने व्यक्तिले टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा फेला पारेका थिए ।गोली लागि घाइते भएका टेकअफलाई ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनर सहितका व्यक्तिले नजिकैको अस्पताल लगेका थिए।अस्पतालले उनको आधिकारिक मृत्युको घोषणा गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: