नगर प्रहरीले बागबजार क्षेत्रको फुटपाथ व्यापार हटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले बागबजार क्षेत्रबाट फुटपाथ व्यापार उठाएको छ । आज बिहान बागबजारस्थित आकाशेपुल आसपास बसेका व्यापारीको टेबल, मुडा, पिर्कालगायत सामान उठाइएको हो ।

महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले फुटपाथ व्यवस्थापनको काम भइरहेको बताए । उनले फुटपाथमा व्यापार गर्नेमाथि पुनः कारबाही थालिएको बताए ।

- Advertisement -
Ad imageAd image

दुई महिनायता महानगरबाट फुटपाथ व्यापारीहरूमाथि कडाइ गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्