चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हो : प्रकाशशरण महत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनावपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गरेका छन् ।

उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठुलो दल काँग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री काँग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गरे ।

- Advertisement -
Ad imageAd image

रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले काँग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गरे ।

‘गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको प्रधानमन्त्री शेरबहादुर नै बन्नुहुनेछ,’ उनले भने, ‘काँग्रेसभित्र पनि उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’

नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने पनि दाबी गरे ।

सत्ता पक्षीय गठबन्धनमा धेरै दल र धेरै जनमत मात्र नभएर लोकतन्त्र एवं संविधान संरक्षण योजना भएकाले जित सुनिश्चित रहेको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्