प्रधानमन्त्री देउवाको डडेलधुरा यात्रा रोकिएको छैन: निर्वाचन आयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरा यात्रा स्थगित नगरेको जनाएको छ ।

सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाको यात्रा नगर्न/नगराउन निर्देशन दिने निर्णय गरेको समाचार आएसँगै आयोग उच्च स्रोतले प्रधानमन्त्री जस्तो व्यक्तिलाई रोकेको भन्ने कुरा हल्ला भएको बताए । ‘अनुमति दिएको हप्ता दिन भई सक्यो’ ती स्रोतले भने, ‘निर्वाचन आयोगले कहीँ कतै सकैलाई अवरोध गर्ने काम गर्दैन ।’

- Advertisement -
Ad image

निर्वाचन प्रचार प्रसारमा जान पाउने अधिकारीहरूको हकमा निर्वाचन आचार संहिताबमोजिम आयोगको अनुमतिमा सरकारी स्रोत साधनको प्रयोग नगर्ने गरी प्रचार प्रसारमा जान सकिने उनले बताए ।

प्रधानमन्त्रीलगायत मन्त्रीहरूको भ्रमणका सन्दर्भमा आयोगले आफ्नो निर्वाचन तथा अन्य निर्वाचन क्षेत्रमा जानका लागि अनुमति मागिएको भए सरकारी स्रोत साधनको प्रयोग नगरी जान अनुमति दिई सकिएकोसमेत उनले जानकारी दिए ।

प्रधानमन्त्री देउवा आजै सुदूर पश्चिमको यात्रा गर्ने तयारीमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्