भूकम्पले ध्वस्त भएका सांस्कृतिक सम्पदा एमालेले पुन निर्माण गरेको हो: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले ध्वस्त बनाएका सांस्कृतिक सम्पदा एमालेको सरकार बनेपछि पुन निर्माण गरेको बताएका छन्।

बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन।

- Advertisement -
Ad image

उनले एमालेको सरकारले भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गरेको दाबी गरे। उनले भूकम्पले ध्वस्त बनाएका रानी पोखरी, दरबार हाई स्कुल लगायत पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदा एमालेको सरकार बनेपछि चाडै पुन निर्माण गरिएको सुनाए।

उनले आफ्नो सरकारले तुइन युगबाट पुलको युगमा प्रवेश गराएको दाबी गरे। उनले बानेश्वरमा भाडामा लिएर संसद भवन चलिरहेकाले अब सिंहदरबारमा नै आफ्नै भवनबाट संसद चल्ने बताए।

एमालेबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा किरण पौडेल र प्रदेशसभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा रामप्रसाद अमागाई र निर्वाचन क्षेत्र नम्बर २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्