सानिमा बैंकको सेयर बिक्रीमा, न्युनतम मूल्य १४५

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सानिमा बैंकका विद्यमान संस्थापकले ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। सेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।

यस्तै, न्युनतम दश लाख कित्ताका लागि निवेदन दिनुपर्नेछ। बैंकले सात दिन भित्र इच्छुकलाई  निवेदन पेश गर्न सूचित गरेको छ।

- Advertisement -
Ad image

यसअघी राष्ट्र बैंको व्यवस्था अनुसार विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइ सेयर बिक्रिमा राखिएको थियो। बैंकले ३५ दिने म्याद सहित सेयर बिक्री खुलाएको थियो।

तर तोकिएको समयमा बैंकका संस्थापकले सेयर किन्न इच्छा जाहिर नगरेपछि बाहिरी संस्था एवमं व्यक्तिका लागि बिक्रि प्रबन्ध मिलाइएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्