भारतले धान निर्यात शुल्क हटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो ।

भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ ।

- Advertisement -
Ad image
यसअघि भारत सरकारले २३ भदौमा सूचना जारी गरेर नेपालको लागि समेत धान निर्यात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो । सूचना जारी भएलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल चामल, दाल, तेल संघले विरोध जनाएको थियो ।

संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा गई नेपालका लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएर शून्य भन्सारमा झार्न पहल गर्दै आएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्