प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत थोम्पसनको भेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

- Advertisement -
Ad image

सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्