सेयर बजारमा ५६ अंकको वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ११.२८ अंकले वृद्धि भएर ३८२.१४ अंकमा बन्द भएको छ । बैंकहरुको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा तथा सूचिकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा नेप्से सुधारोन्मुख देखिएको हो । ३१ भदौपछि नेप्से १९०० अंक माथि पुगेर बन्द भएको हो ।

सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उच्च अंकले बढेको छ । वित्त कम्पनी उपसूचक ५.४ प्रतिशत र अन्य उपसूचक ५.२८ प्रतिशतले वृद्धि हुँदा, व्यापार, हाइड्रोपावर र लगानी उपसूचक ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर अर्ब नाघेको छ । मंगलबार नेप्सेमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array