गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा हुम्लामा सुत्केरीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – हुम्लामा एक महिलाको सुत्केरी हुन नसकेर मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको सुत्केरी हुन नसकेर मृत्यु भएको हो। गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको हो।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्