दुई दिनको उडान रद्द भएपछि वायुसेवा निगमले माग्यो माफी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आइतबार र सोमबार लगातार दुईवटा उडान रद्द भएको जनाउँदै नेपाल वायुसेवा निगमले माफी मागेको छ। क्षमापत्र जारी गर्दै एनएसीले यात्रुमा पर्न गएको असुविधा प्रति क्षमा मागेको हो।

उडान रद्द भएसँगै गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक उडान व्यवस्थापन गरिने निगमले जनाएको छ।

- Advertisement -
Ad imageAd image

क्षमापत्रमा निगमले उडान रद्द हुनुको यथार्थ कारण भने खुलाएको छैन। नागरिक उड्डयन प्राधिकरणको विन्टर सेड्युल विपरीत उडान गरेको भन्दै निगमको आइतबारको उडान रद्द भएको थियो। यो सँगै सोमबारको उडान पनि निगमले रद्द गरेको थियो। यो विषयलाई लिएर प्राधिकरण र निगम बीच बहस नै चलेको थियो।

सोमबार पर्यटन मन्त्री जीवनराम श्रेष्ठको संयोजकत्वमा सचिव, निगमका कार्यकारी अध्यक्ष र प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीच छलफल भएको थियो। मन्त्री श्रेष्ठले दुईवटै निकाय समन्वय गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन्।

निगमले तोकेको मितिबाट भैरहवाबाट उडान नगरेको भन्दै प्राधिकरणले आइतबारको उडान रद्द गरिदिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्