आचारण विपरित काम गर्ने सशस्त्रका २ अधिकृत निलम्बित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ –  आचारण विपरीत काम गर्ने २ जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

- Advertisement -
Ad image

सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढङ्गले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगे जनाइएको छ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानविन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको मुख्यालयले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्