संविधान नै च्यात्न खोजेपछि गठबन्धन गरिएको हो, रहर होइन: कांग्रेस नेता महर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन गरिएको बताएका छन्।

चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले यस्तो बताएका हुन्। ‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो। त्यो कांग्रेसको रहर होइन। देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो। गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने।

- Advertisement -
Ad imageAd image

डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ।

महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्