आजको मौसम : देशभर सामान्यतया सफा रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – देशभर आज मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array