नेप्से दोहोरो अंकले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ ४.९३ अंकले वृद्धि भएर ३७०.८६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै विकास बैंक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणमा केही बैंकको नाफामा उल्लेख्य वृद्धि भएसँगै सेयर मूल्य पनि बढेको छ । जसले गर्दा बैंकिङ उपसूचक नै १.५२ प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक भने ०.३९ प्रतिशतले गिरावट भएको छ ।

- Advertisement -
Ad imageAd image

सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने खासै बढ्न सकेन । सोमबार नेप्सेमा २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार हुँदा ६९ करोड ७३ लाख १८ हजारको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ६ करोड १७ लाख २१ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार र नबिल बैंकको ३ करोड ८० लाख २६ हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा ११० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६५ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

जसमध्ये सयपत्री हाइड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल एसबिआई बैंकको ८.२४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत, एनआईसी एशिया बैंकको ६.८० प्रतिशत, एभरेष्ट बैंकको ५.५७ प्रतिशतले सेयर मूल्य बढेको छ । प्रथम त्रैमासको वित्तीय विवरणले एसबिआई एनआईसी एशिया, एभरेष्ट बैंककको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्