स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत लाभांश दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

बैंकको आज (कात्तिक १४) गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्