विष्णु पौडेलको सम्पत्ति छानबिन गर्न माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही-२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास व्यक्त गरे ।

बुटवलको नयाँ गाउँमा सोमबार चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै नेताहरूले यस्तो बताएका हुन् । प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशवबहादुर थापा (सूर्यवंशी) ले नेकपा एमालेले पटक(पटक देशको संविधान मिच्ने कोसिस गरेकाले संविधानका रक्षक गठबन्धनका उम्मेदवारले जीत हासिल गर्नुपर्ने विचार व्यक्त गरे ।

- Advertisement -
Ad image

एमालेले जिते फेरि संवैधानिक सङ्कट ल्याउन सक्ने भन्दै दुई पटकसम्म संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता एमालेले गराएको उनले तर्क गरे । गठबन्धनका उम्मेदवारले नजिते फेरि देशमा अझै धेरै राजनीतिक सङ्कट उत्पन्न हुने उल्लेख गरे । देशमा वैदेशिक ऋणको भार थपिँदै जानु राजनीतिक अस्थिरताकै कारण भएको भन्दै उनले अब राजनीतिक स्थिरताका कायम गर्नुपर्ने र समृद्धिको यात्रा तय गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता युवराज गिरीले रुपन्देही २ मा यो पटक एमालेको पराजय निश्चित रहेको दाबी गरे । बलियो गठबन्धन रहेकाले कसैले पनि दायाँबायाँ नगरी भोट हालेर गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

रुपन्देही २ मा चुनाव परिचालन समितिका संयोजक तथा एकीकृत समाजवादीका नेता राजु गुरुङले एमालेका उम्मेदवार विष्णु पौडेललाई पराजित गरेरै छोड्ने बताए । उनले विष्णु पौडेलको आम्दानीको स्रोत पनि खोज्नुपर्ने उल्लेख गरे । उनले भने, ‘विष्णु पौडेलले न कुनै जागिर गरे, न कुनै पेसा व्यवसाय गरे तर काठमाडौँमा आलिसान घर तथा २० औँ करोडको सम्पत्ति कसरी आर्जन गरे रु’ पौडेलको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाई छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्