सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता, थुनछेक बहस आजैदेखि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यलयका तर्फबाट न्यायधिवक्ता लक्षमण उपाध्यायले लामिछानेविरुद्ध नाबालिग बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेको बताएका छन् ।

उपाध्यायका अनुसार अनुसन्धानपछि, सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो ।

- Advertisement -
Ad imageAd image
“कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ,” भनिएको छ । सन्दीपविरुद्ध १८ वर्ष भन्दा कम उमेरको बालिकालाई करणी गरी  जबरजस्ती करणीको कसुर गरेको अभियोग लगाइएको हो ।

सन्दिपलाई दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखी १२ वर्षसम्मको कैद माग गरिएको छ भने पीडितलाई उचित क्षेतिपूर्ति दिलाउन माग गरिएको छ ।

मुद्दा दायरसँगै मंगलबारलाई थुनछेकका लागि पेसी तोकिएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश हुनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहीता, २०७४ को दफा ६७ अनुसार कुनै पनि अभियोग लागेका व्यक्तिलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने आधार भएमा जन्मकैदको सजाय हुन सक्ने र तीन वर्षभन्दा बढी कैदको सजाय हुन सक्नेछ । सरकारवादी फौजदारी मुद्दामा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न सक्ने व्यवस्था गरेको छ ।

सन्दीपविरुद्ध १० देखी १२ वर्षको सजाय मागदावी गरिएको छ । अभियोगपत्रसँग पेस गरिएका प्रमाणका अनुसार उनले कसुर गरेको देखिने हुँदा उनलाई पुर्पक्षका लागि थुनामा राखिने प्रवल सम्भावना रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्