छठको पूजा हेर्न जाँदा एक किशोरमाथि छुरा प्रहार गरी हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलाको छठ पूजा हेर्न गएका झापाको दमक नगरपालिका–१० आमबाडीका धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गएराति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको र छुरा हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनको दाहिने कोखामा छुरा प्रहार भएको र बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको मोरङ प्रहरीले बताएका छन् ।

घटनामा संलग्नको पहिचान खुल्न बाँकी रहे पनि उर्लाबारीको हाटखोलामा बस्ने च्यान्टे भनिने युवाको समूहले घटना गराएको आंशकामा उनीहरूको खोजी सुरु गरिएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array