भारतको गुजरातमा पुल भाँचिदा कम्तीमा ६८ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – भारतको गुजरातस्थित पुल भाँचिदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । मोर्बी शहरस्थित माचु नदीमा भएको पुल भाँचिदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् ।

गुजरातका गृहमन्त्री हर्ष सिंह संघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका बीबीसीले खबर लेखेको छ । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको थियो ।

झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जहाँ सयौं मानिसहरू फसिरहेको देखिन्छ ।

बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए ।
करिब एक शताब्दी पुरानो यो पुल पछिल्लो समय मर्मतपछि सर्वसाधारणका लागि खुला गरिएको केही दिनमै भाँचिएको बताइएको छ ।

गृहप्रान्त गुजरात रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।

प्रधानमन्त्री राहत कोषबाट मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: