काठमाडौं– बीमा समितिले कोभिड दावी भुक्तानी वितरण गर्ने सम्बन्धमा अनुमति मागसहितको पत्र तिहार अघिनै पठाएको भए पनि कुनै निर्देशन अर्थ मन्त्रालयले पठाएको छैन । कोभिड रकम वितरण गर्नका लागि अर्थ मन्त्रालयमा निर्देशन गरी पाउँ भनेर पत्र पठाएको समितिका प्रवक्ता राजुरमण पौडेले बताएका छन् ।
समितिले तिहार अघि नै मन्त्रालयलाई पत्र पठाएर कोभिड दाबी भुक्तानी वितरण गर्ने अनुमति मागे पनि केहि जानकारी प्राप्त नभएको पौडेलले बताए ।
समितिले जारी गरेको कोरोना बीमा मापदण्ड, २०७७ अनुसार रकम वितरण गर्न नमिल्ने भएपनि नयाँ व्यवस्था गरेर भए पनि दावीको भुक्तानी गर्ने मनस्थितिमा बीमा समिति रहेको छ । अर्थको निर्देशन आएलगत्तै रकम वितरण सुरु गर्न सबै तयारी भैसकेको समितिले जनाएको छ ।
गत भदौमा सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले करिब १० अर्ब रुपैयाँ तिर्न बाँकी थियो। रकम अपुग भएपछि बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीबाट थप रकम संकलन गरेर कोभिडको दावी भुक्तानी तिर्न लागेको जानकारी दिएको छ ।
पहिले कोभिडको पिसिआर रिपोर्ट पेस गरेको मिति अनुसार बीमितलाई वितरण गर्ने योजना रहेको पौडेलले बताए । सर्वसाधारणलाई पहिले प्राथमिकता दिई दावी भुक्तानी फर्छ्यौट गर्ने निर्णय भएका कारण संघ, संस्थामा कार्यरत कर्मचारीहरुले यस पटक भुक्तानी गर्ने या नगर्ने एकिन नभएको उनले बताए ।
बीमा समिति कोभिडको दाबी बीमा रकम भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशनको पखाईमा

प्रतिक्रिया दिनुहोस्