अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – छठ पर्वको मुख्य दिन आइताबार (आज) बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न गरिन्छ।

- Advertisement -
Ad image

छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरी मनाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्