राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा छठी माताको दर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरेकी छन् । आइतबार अपराह्न गुह्येश्वरी पुगी उनले छठी माताको पूजा गरेकी हुन् ।

त्यसलगतै कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठी माताको पूजा–आराधना गरिन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथालीस्थीत वाग्मती नदी किनारमा तयार पारिएको छठी माताको दर्शन गरे ।

प्रतिक्रिया दिनुहोस्

Array