नेकपा माओवादीले भोलि घोषणापत्र सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए ।

- Advertisement -
Ad image

माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।

माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्