महानगरले फुटपाथ व्यापारमा भोलिदेखि पुनः कडाइ गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – तिहार सकिएसँगै महानगरपालिकाले फुटपाथ व्यापारमा पुनः कडाइ गर्ने भएको छ । पैदलयात्रुका लागि बनाइएका फुटपाथमा व्यापार गर्न नदिन कडाइ गरिने भएको हो ।

महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले पुनः फुटपाथ व्यापारमा कडाइ गर्न निरीक्षण गरिने बताएका छन । “आज छठ पर्वका लागि नगर प्रहरी ठाउँ–ठाउँमा खटाइएको छ । कर्मचारीहरू बिदामा थिए । भोलिदेखि पुनः प्लान बनाएर काम अघि बढ्छ,” एसपी पाण्डेले भने ।

- Advertisement -
Ad imageAd image

महानगरका मेयर बालेन्द्र साह ९बालेन०ले चुनावी मैदानमा उत्रँदै गर्दा घोषणापत्रमा फुटपाथ व्यापारीलाई ठाउँ र समय तोकेर व्यवस्थापन गरिने उल्लेख गरेका थिए । अहिले घोषणापत्र लत्याएको भन्दै विरोध हुन थालेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्