केपी ओलीको निम्ति संविधान कागजको खोस्टो मात्र : घनश्याम भूसाल

रुपन्देही-१ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका भूसाललाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

नेकपा एमालेका पूर्वउपमहासचिव समेत रहेका रुपन्देही -०३ का उम्मेदवार घनश्याम भूसालले; केपी ओलीको निम्ति संविधान कागजको खोस्टो मात्र भएको आरोप लगाएका छन्। आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले भने “नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लाग्नुभयो, संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गर्नुभयो।

त्यस्तै भूसालले केपी ओलीमा राजनीतिक नैतिकता नभएको समेत बताए । भूसालले भने  “नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि, प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्ने थियो, तर ओलीजी सँग त्यस्तो राजनीतिक नैतिकता कहाँ ?” भूसालले, ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको समेत बताए।

- Advertisement -
Ad image

भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’

रुपन्देही-१ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका भूसाललाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्