सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोट, कम्तीमा १०० को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु भएको बताएका छन् । सो घटनामा ३०० जना घाइते भएका बताइएको छ ।

राष्ट्रपति हसन शेख मोहमुदलेआक्रमणका लागि अल–शबाब सशस्त्र समूहलाई दोष दिएका छन् । आइतबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले भने, “दुईवटा विस्फोटबाट मर्नेहरूको संख्या अझ बढ्नेछ ।”

- Advertisement -
Ad imageAd image

विस्फोट स्थलको भ्रमण गरेपछि उनले भने, “नरसंहार गरिएका हाम्रा मानिस जसमा आफ्ना छोराछोरीलाई काखमा राखेका आमाहरू, नाजुक स्वास्थ्य अवस्था भएका बुवाहरू, अध्ययनका लागि पठाइएका विद्यार्थीहरू र आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यापारीहरू थिए ।”

शनिबारको आक्रमण सोमालियाको शिक्षा मन्त्रालय र विद्यालयलाई लक्षित गरी व्यस्त सोबे क्षेत्रमा गरिएको अधिकारीहरूलाई उल्लेख गर्दै अलजजिराले जनाएको छ ।

आक्रमणमा महिला, बालबालिका र वृद्धहरू मारिएको प्रहरी प्रवक्ता सादिक डुडिशेले जानकारी दिएका छन । एजेन्सी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्