सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोट, कम्तीमा १०० को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु भएको बताएका छन् । सो घटनामा ३०० जना घाइते भएका बताइएको छ ।

राष्ट्रपति हसन शेख मोहमुदलेआक्रमणका लागि अल–शबाब सशस्त्र समूहलाई दोष दिएका छन् । आइतबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले भने, “दुईवटा विस्फोटबाट मर्नेहरूको संख्या अझ बढ्नेछ ।”

विस्फोट स्थलको भ्रमण गरेपछि उनले भने, “नरसंहार गरिएका हाम्रा मानिस जसमा आफ्ना छोराछोरीलाई काखमा राखेका आमाहरू, नाजुक स्वास्थ्य अवस्था भएका बुवाहरू, अध्ययनका लागि पठाइएका विद्यार्थीहरू र आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यापारीहरू थिए ।”

शनिबारको आक्रमण सोमालियाको शिक्षा मन्त्रालय र विद्यालयलाई लक्षित गरी व्यस्त सोबे क्षेत्रमा गरिएको अधिकारीहरूलाई उल्लेख गर्दै अलजजिराले जनाएको छ ।

आक्रमणमा महिला, बालबालिका र वृद्धहरू मारिएको प्रहरी प्रवक्ता सादिक डुडिशेले जानकारी दिएका छन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array